सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । आयोजनाबाट भुक्तानी नपाएका स्थानीयले गाडी नियन्त्रणमा लिएका हुन् ।
उनीहरुले बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएको पीडित उत्तरकुमार श्रेष्ठले जानकारी दिए । हुन्। आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले गाडी नियन्त्रणमा लिएका हुन् ।
लामो समयदेखि आयोजनाले कब्जा गरेर राखेको स्थानीयको जग्गाको भाडा र सामान सप्लाई गर्ने भेन्डर्सको करोडौँ रुपैयाँ भुक्तानी भएको छैन ।