कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

फरक पत्रिका

आइतबार, असोज ११ २०८३

कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने क्षेत्रीय अधिवेशनमा खुला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
असोज १२ र १३ गते हुने क्षेत्रीय अधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट उनले उम्मेदवारी दिनेछन् । लामा २१ वर्षकै उमेरमा साविक हगाम गाविस नेपाली कांग्रेसको सभापति बनेका थिए।
राजनीतिमा लामो समयदेखि सक्रिय उनी कांग्रेसको १२औँ महाधिवेशनमा सिन्धुपाल्चोकको साविक क्षेत्र नं २ को क्षेत्रीय सभापतिसमेत भएका थिए।
लामा नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। साथै, २०८२ सालमा सम्पन्न संघीय निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार बनेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित