कांग्रेस केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका प्रेमध्वज र वंशलाल निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका प्रेमध्वज र वंशलाल निर्वाचित

फरक पत्रिका

बुधबार, असोज २८ २०८३

कांग्रेस केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका प्रेमध्वज र वंशलाल निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका डा प्रेमध्वज लामा र वंशलाल तामाङ निर्वाचित भएका छन् । आदिवासी जनजाति तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका जिल्लाका दुवै नेता निर्वाचित भएका हुन् ।
निर्वाचित भएपछि वंशलाल तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत अमूल्य मत दिएर निर्वाचित गराउनु हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति धन्यवाद साथै हार्दिक आभार व्यक्त गरेका छन् । उनले अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई संगठन सुदृढीकरणमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समुन्नत नेपाल निर्माणको यात्रामा युवाको जोश र अनुभवी अग्रजहरूको मार्ग निर्देशनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने उनले जनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित