सिन्धुपाल्चोक २ का क्षेत्रीय सभापति तामाङले गरे खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक २ का क्षेत्रीय सभापति तामाङले गरे खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

फरक पत्रिका

शनिबार, असोज १० २०८३

सिन्धुपाल्चोक २ का क्षेत्रीय सभापति तामाङले गरे खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक २ का क्षत्रीय सभापति आइतमान तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ उम्मेदवारी दिएका छन्।
महाधिवेशनलाई भव्य र सफल रूपमा सम्पन्न गर्ने संकल्पसहित तामाङले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ उम्मेदवारी घोषणा गरेका हुन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका तामाङले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनी हाल मेलम्ची नगरपालिकाका नगर प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् भने नेपाली कांग्रेसको सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, आपसी एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै तामाङले महाधिवेशनलाई भव्य र सफल बनाउन सबै प्रतिनिधि तथा कांग्रेसजनमा आह्वान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित