अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनले राजनीति वृत्तमा सिंगो मुलुक तातेको छ । टोल टोलमा कांग्रेसका गफहरुले माहोल झनै बढाइरहेको अवस्था छ । सिन्धुपाल्चोक पनि देशको यो परिदृष्यबाट अछुतो छैन । यहाँ वडा, पालिकाको अधिवेशन सकेको कांग्रेस अब तत्काल क्षेत्र र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ ।
असोज १२ र १३ गते सिन्धुपाल्चोकको व्यापारिक बजार मेलम्चीमा क्षेत्र र प्रदेशको अधिवेशन हुँदैछ । जसका लागि विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ता नेतृत्व हत्याउनदेखि कार्यसमिति र प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आ आफ्नो उम्मेदवारी घोषणा गर्नमा व्यस्त छन् । कोही मत मागिरहेका छन् । कोही आफ्जो उम्मेदवारीबारे मतदातालाई प्रष्ट्याउँदैछन् ।
यही क्रममा समाजसेवीसमेत रहेका भूपेन्द्र थापाले कांग्रेस क्षेत्र नं. २ को सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आफूलाई किन जिताउने भन्नेबारे बोलेका छन् । उनको अपिल जस्ताको तस्तै ः
‘नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै स्थानीय तहमा पार्टीको उपस्थितिलाई बलियो बनाउन मेरो निरन्तर प्रतिबद्धता रहनेछ।
पार्टीको विधि, विधान र अनुशासनलाई आत्मसात् गर्दै नेता तथा कार्यकर्ताबीचको समन्वय र सहकार्यलाई प्राथमिकता दिनेछु । स्थानीय तहका जनताका आवश्यकता, समस्या र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्दै संगठन विस्तार, युवा सहभागिता र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने दिशामा सक्रिय रहनेछु ।
आगामी स्थानीय तह तथा अन्य निर्वाचनमा संगठनलाई मजबुत बनाउँदै पार्टीको उम्मेदवारी र निर्वाचन अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन आफ्नो जिम्मेवारी र भूमिकामा इमानदारीपूर्वक निरन्तर लागिरहनेछु ।
संगठनको एकता, कार्यकर्ताको सम्मान र जनताको सेवाका लागि मेरो प्रतिबद्धता सदैव रहनेछ ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको पाटी कार्यालय निर्माणका क्रममा मैले गरेको योगदानको उच्च कदर हुने रूपमा आशा गरेको छु जव नेपाली कांग्रेसको पार्टी कार्यालय सिन्धुपाल्चोक नहँुदा जग बसाल्दादेखि मैले खाई नखाई परिवारको इच्छा मारेर भए पनि पार्टीको मायाले गर्दा नवनिर्मित बिपी अध्ययन केन्द्र बनाउन उच्चतम रकम नेपाली रुपैया १५५१००० पन्ध्र लाख एकाउन्न हजार रुपैया सहयोग गरेको सर्व वितीतै छ सामाजिक कामको शिलशिलामा सबै तिर सहयोग गरेको तपाईहरुको माझमा छर्लङ देखिएको छ ।’
भूपेन्द्र थापा
सभापति पदका उम्मेदवार, क्षेत्र नं. २, सिन्धुपाल्चोक