पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

फरक पत्रिका

शनिबार, असोज १० २०८३

पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिने भएका छन्।
तामाङले सामाजिक सञ्जालमार्फत महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
२०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका तामाङ नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको अध्यक्ष हुँदै महासमिति सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी यसअघि पटकपटक महाधिवेशन प्रतिनिधिसमेत भइसकेका छन्।
नेपाली कांग्रेसको १३औँ जिल्ला अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका तामाङले पार्टी संगठन निर्माण तथा जिल्लाको राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
स्वच्छ छवि र लामो राजनीतिक अनुभव भएका तामाङले पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा कार्यकर्ताको भावना र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित