सिन्धुपाल्चोक । अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनले राजनीति वृत्तमा सिंगो मुलुक तातेको छ । टोल टोलमा कांग्रेसका गफहरुले माहोल झनै बढाइरहेको अवस्था छ । सिन्धुपाल्चोक पनि देशको यो परिदृष्यबाट अछुतो छैन । यहाँ वडा, पालिकाको अधिवेशन सकेको कांग्रेस अब तत्काल क्षेत्र र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ ।
यसै सन्दर्भमा सिन्धुपाल्चोकको मेलम्चीमा हुन लागेको २नं. क्षेत्रीय अधिवेशनमा विभिन्न नेताहरुले आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन् । नजिकिएको अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारीको घोषणा सामाजिक सञ्जालबाट हुन थालेको छ ।
यही अधिवेशनलाई लिएर कांग्रेस नेतृ यस्मिन ढुंगानाले केन्दीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले खुला महिलातर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवारीको तयारी गरेको समाजिक सञ्जालमा उल्लेख गरेकी हुन् । उनले सञ्जालमा लेखेकी छन्
मलाई सिन्धुपाल्चोक जिल्लाको बिकास गर्नु छ , सम्पूर्ण जिल्लाको मेरो आमावुबा , दाजुभाइ दिदीबहिनीहरुको हरेक दुखलाई सुख र समृद्धिमा बदल्नु छ ।
मैले एक्लै राजनितिमा धेरै संघर्ष गरिराखेकी छु ।
मलाई साथ दिनुहोस् यो महाधिवेशन प्रतिनिधि उम्मेदवार मेरो लागि एउटा ठुलो शक्ति हो ।
उढुंगाना विकासप्रेमी नेताका रुपमा जिल्लामा चिनिइन्छिन् । उनले जिल्लको भौतिक विकासमा आफ्नो राजनीतिक यात्राका क्रममा निकै योगदान गरेकी छन् । आफू अझै विकास ल्याउन भोको रहेको संकेत गर्दै उनले मत आफूलाई दिनसमेत अनुरोध गरेकी छन् ।