विपदकोषमा जुगलको १० लाख, बेपत्ताका परिवारलाई १ लाख रुपैयाँ सहयोग

विपदकोषमा जुगलको १० लाख, बेपत्ताका परिवारलाई १ लाख रुपैयाँ सहयोग

फरक पत्रिका

बिहिबार, भाद्र १८ २०८३

विपदकोषमा जुगलको १० लाख, बेपत्ताका परिवारलाई १ लाख रुपैयाँ सहयोग

सिन्धुपाल्चोक । रसुवाको बाढीमा बेपत्ता भएका आफ्ना नागरिकका परिवारलाई जुगल गाउँपालिकाले राहतस्वरुप रकम सहयोग गर्ने भएको छ । भदौ १० को विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना नागरिकका परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँ कार्यपालिकाको विशेष बैठकले बुधबार राष्ट्रिय विपद् कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ । ुरसुवा बाढीपहिरोपछि जुगल गाउँपालिकाका १९ जना नागरिक सम्पर्कविहीन छन् , प्रभावित परिवारलाई सान्त्वनास्वरूप गाउँपालिकाको विपद् कोषबाट जनही १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।

गाउँपालिकाका वडासदस्य, वडाअध्यक्ष, उपाध्यक्ष र अध्यक्षसहित सबै निर्वाचित जनप्रतिनिधिले बागमती प्रदेश सरकारको नियमअनुसार पाउने एक महिनाको भत्ता विपद् कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष स्याङ्बोले जनाए । यसैगरी, गाउँपालिकामा कार्यरत कर्मचारीले पनि आफ्नो तर्फबाट स्वेच्छिक आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित