बुहारीलाई वैतनिक वकिल बनाउन नसक्दा बार अध्यक्ष रन्थनिए

बुहारीलाई वैतनिक वकिल बनाउन नसक्दा बार अध्यक्ष रन्थनिए

फरक पत्रिका

बिहिबार, चैत्र २२ २०८०

बुहारीलाई वैतनिक वकिल बनाउन नसक्दा बार अध्यक्ष रन्थनिए

चौतारा ।बार एशोसियन सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भुपेन्द्र थिङ मंगलवार साँझ हस्याङफस्याङ गर्दै दौडाधुपमा देखिन्थे । कारण-उनलाई संस्थाको बैठक राखेर आफ्नी बुहारी रिना तामाङ थिङलाई वैतनिक वकिलमा एकल सिफारिस गर्नु थियो । सम्साँझ वार कार्यालयमा धमाधम माइन्यूट उठाए । बुहारीको नाम सिफारिस गर्न पदाधिकारीका घरघर पुगेर हस्ताक्षर गर्न लगाए । वारका सबै पदाधिकारीलाई भने यसको सुँइको थिएन । सिन्धुपाल्चोक जिल्ला अदालतमा वैतानिक वकिल नियुक्तिका लागि बुधवार लिखित र मौखिक परिक्षा थियो । अध्यक्ष थिङकी बुहारीसहित अधिवक्ताहरु मधुकर मल्ल,कल्पना न्यौपाने,मोहनराज गिरी र अदालतकै कर्मचारी तिलकबहादुर देउवा प्रतिस्पर्धामा उत्रिएका थिए । सो परिक्षामा तोकिएको मापदण्ड अनुसार परिक्षा लिँदा अधिवक्ता मोहनराज गिरी र तिलक देउवा एक अंकको तलमाथि परेर गिरी सफल र देउवा बैकल्पीक उम्मेदवार घोषित भए । सफल उम्मेदवार गिरीलाई नियुक्ति केहि दिनमा दिने अदालतको तयारी छ । तर थिङकी बुहारीको नामनिशाना रिजल्टमा कतै देखिएन । र,आफ्नी बुहारी रिनालाई वैतनिक वकिलमा नियक्ति दिलाउने वार अध्यक्ष थिङको सपना हावाले उडाइदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित