को हुन् भूपेन्द्र थापा, किन जिताउने क्षेत्रीय सभापतिमा ?

को हुन् भूपेन्द्र थापा, किन जिताउने क्षेत्रीय सभापतिमा ?

फरक पत्रिका

शनिबार, असोज १० २०८३

को हुन् भूपेन्द्र थापा, किन जिताउने क्षेत्रीय सभापतिमा ?

सिन्धुपाल्चोक । उनलाई निर्माण गर्नु छ समृद्ध सिन्धुपाल्चोक । जहाँ पार्टीभन्दा निक्कै माथि उठेर जिल्ला अनि देश बनाउनु छ । जसको जग भने एउटा समूह हो, एउटा संगठन हो । त्यसका लागि एकतामा बाँधिएर विकास निर्माणका लागि पाइला चाल्न शसक्त माध्यम हो कुनै दल विशेष । जसकारण कुनै पनि क्षेत्रमा समाजलाई अगाडि सारेर जुनसुकै विकास अनि समृद्धिका लागि कदम उठाउन सहज हुनेछ । यसैका लागि उनले अहिले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट क्षेत्रीय सभापतिका लागि उम्मेदवारी प्रस्तुत गरेका छन् ।
समाजसेवाका पर्याय उनै हुन् भूपेन्द्र थापा । जो जिल्लामा कुनै दलगत नभनी दुःखी, असहाय मात्रै नभई विभिन्न संघ अनि संस्थालाई खुलेर सहयोग गर्छन् व्यक्तिगत रुपमा । तर यसलाई झनै संस्थागतबाट अगाडि बढ्न मात्रै नभई कांग्रेसलाई एउटा समाजको पार्टी बनाउने उद्धेश्यअनुरुप उनी उम्मेदवारी दर्ता गराउने निर्णयमा पुगेका हुन् ।
थापाले गुट र उपगुटभन्दा माथि उठेको, विधि र पद्धतिमा चल्ने तथा सबै कांग्रेसजनलाई समेट्ने कांग्रेस निर्माण गर्ने संकल्पसहित उम्मेदवारी घोषणा गरेका छन््। उनले रचनात्मक तथा सिर्जनात्मक सोचका साथ संगठनलाई अघि बढाउँदै पार्टी नेतृत्वले निर्माण गरेका नीति, निर्णय तथा विधि–पद्धतिको प्रभावकारी कार्यान्वयनमा आफू दृढ रहने बताएका छन् ।
थापा सैनिक सेवाबाट अवकाश लिएपछि राजनीति र समाजसेवामा सक्रिय भएका हुन्। उनी नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ का कोषाध्यक्षसमेत हुन्। जिल्लामा मात्रै नभई देशभर सफल व्यवसायीको समेत पहिचान बनाएका उनी पार्टी रूपान्तरण र सुदृढीकरणको संकल्पलाई आत्मसात गर्दै थापाले संगठनलाई थप व्यवस्थित, बलियो र जनतामाझ भरोसायोग्य बनाउने अभियानमा छन् । व्यक्ति केन्द्रित राजनीतिभन्दा संस्था, नीति, विधि र पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिदैं उनले सम्पूर्णमा कांग्रेसभित्र देखिँदै आएको गुटबन्दी र उपगुटको प्रवृत्तिको अन्त्य गर्दै महाधिवेशनमा होमिए अपिल गर्छन् ।
क्षेत्रीय अधिवेशनलाई सभ्य, भव्य, मर्यादित र एकताको सन्देश दिने गरी सफल बनाउन आफू सबै पक्षलाई सम्मान गर्दै अघि बढ्ने थापाको भनाइ छ। उनले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै सबै कांग्रेसजनको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित