मौसम पूर्वानुमानको डरलाग्दो सूचना: सिन्धुपाल्चोकका यी सडक र बस्ती पहिरोको खतरामा

मौसम पूर्वानुमानको डरलाग्दो सूचना: सिन्धुपाल्चोकका यी सडक र बस्ती पहिरोको खतरामा

फरक पत्रिका

मंगलबार, भाद्र १६ २०८३

मौसम पूर्वानुमानको डरलाग्दो सूचना: सिन्धुपाल्चोकका यी सडक र बस्ती पहिरोको खतरामा

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि आगामी बिहीबार साँझ ६ बजेसम्म सिन्धुपाल्चोकमा पहिरोको जोखिम रहेको सम्भावित स्थान पहिल्याएको छ । आज (मंगलबार) एक सूचना सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकका सडक र बस्तीहरुको नाम किटान गरेर पहिरोको जोखिम रहेको जनाएको हो ।
प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२, सार्वजनिक गर्दै महाशाखाले केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको सूचना जारी गरेको छ ।
महाशाखाकाअनुसार खोलानाला, खहरेहरूमा पानीको बहाव बढ्न सक्ने र जमिन कटान हुने साथै खहरे बढ्ने सम्भावना रहेको छ। त्यस्तै जोखिममा रहेका घर, विद्यालय, स्वास्थ्य चौकी र अन्य संरचना वरीपरीको जमिन भासिन सक्ने र पहिरोले क्षति पुग्न सक्ने सम्भवना रहेको समेत जनाएको हो ।
पहिरो जान सक्ने र गैसकेको ठाउंमा फेरि पहिरो झर्न सक्ने, सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा असुविधा हुन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ ।
चौतारा सागाचोकगढी नगरपालिकाको बनदेउदेखि पोखरेसम्मको सडक, अरनिको राजमार्ग अन्तरगत बलेफी पहिरो, लेखडाडालाई सम्भावित पहिरो जान सक्ने सूचीमा महाशाखाले राखेको छ । त्यस्तै बाह्रविसेको खागदल, बसेरी, जुरे, सिस्ने दुरुमथली, सिमखर्क चामुनडाडा, घट्टे रहेको छ भने
मेलम्चीको बाहुनेपाटी मेलम्ची सड़क, मेलम्ची तालामाराङ सडक, मेलम्ची तिपेनी सड़क, डाँडागाउँ गौराटोल, निवुगाउँ ठुलो पहिरो, पाटि भन्ज्याङ, जगरबोट मानेभञ्ज्याङ, छॉयाली डाँडा बस्ती, राक्से, दलित बस्ती आरुखर्क, गिराचौर नाम्डो ललिङ बस्ती, दीर्घ साइलाको पहिरोलाई सम्भावित जोखिम स्थान राखेको हो ।
हेलम्बमा मुसे वालुवा, बोल्दे गाउँ, उर्लेनी बस्तीलाई पहिरोको जोखिममा राखिएको छ भने पाचपोखरी थाङ्पालका मेलम्ची दुवाचौर दाउचेत सड़क, मेलम्ची भोताङ सडक, सुनचौर, तासिवा, याङ्ग्री, चिण्डे, तिपेनी, खर्से बालुवा, खाल्डे जोखिम स्थानमा परेका छन् ।
ईन्द्रावती गाउँपालिकाको भिरखर्क, माझि बस्ति, धारापानी कट्टेल टोल, माझीबस्ती भण्डारीथोक र दुलालडाडा, मसार बस्ती र पाटीगाउँलाई महाशाखाले पहिरो जान सक्ने सम्भावित स्थानको रुपमा लिएको छ । त्यस्तै जुगल गाउँपालिकाको डॉडे याङ्लाको सडक, बलेफी तेम्बाथान सड़क, बराम्ची डल्लेपोखरी सड़क, गोल्चे बैगङ टोल, सञ्चगाउँ, नेपाली टोल, बोल्दे घट्टे खोला, पाङ्ताङ लप्से खोला र ढठ्यान, मगर नाम्सा, विक टोल, हगाम डाडा पल्लो टोल, चनौटे ठाडोडुङ्गा, सिस्नेरी वस्ती पहिरोको जोखिममा रहेको महाशाखाले सूचनामा उल्लेख गरेको हो ।
बलेफी गाउँपालिकाको कोठेको साघुरो बाटो, जधारे, जुरे खण्ड, खमारे बस्ती, टोक्पा धिरजे सुवारालाई जोखिम स्थानमा राखिएको छ । त्यस्तै सुनकोशी गाउँपालिकाको च्याने एमुनाडाडा सुनखानी सड़क, १२ किलो टिमुरे सडक, सुकुटे कालिका सडक, बाल्का कापेशल पेड़कु, ठोस्नेरी र कातिके वर्ती, जामुने वस्ती पहिरोको सम्भावना रहेको स्थान भनिएको हो ।
लिसंखुपाखरको जोखिम हुनसक्ने सडक र बस्तीहरुमा जिरी सडक खण्डको २० किलो क्षेत्र, २१ किलो लिसंखु सडकको दोवान खोला, वडा नं १ जाने सडक, सिलढुङ्गा, लामिडाडा, जेठल रहेका छन् भने त्रिपुरासुन्दरीका सुनकोशी धुस्कुन पिस्कर सड़क, सितेम, भष्मे पहिरोको जोखिममा रहेको मशहाशाखाले जनाएको छ । भोटेकोशी गाउँपालिकाको इकु, लार्चा, डाक्लाङ ४ किलो, लार्चा, कोदारी इकु पहिरो माथि, पन्थली, राजमार्ग आसपास पहिरोको जोखिममा रहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको लागि प्रभावमा आधारित मौसम पूर्वानुमान जारी भएकाले निम्न ठाउँहरुमा उच्च सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित