कांग्रेस देउवा पक्ष महाधिवेशन तयारीमा मोहन बस्नेतलाई के छ जिम्मेवारी ?

कांग्रेस देउवा पक्ष महाधिवेशन तयारीमा मोहन बस्नेतलाई के छ जिम्मेवारी ?

फरक पत्रिका

शुक्रबार, मंसिर १२ २०८३

कांग्रेस देउवा पक्ष महाधिवेशन तयारीमा मोहन बस्नेतलाई के छ जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि पाँच वटा समिति संयोजक तोकेको छ। मूल तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन्। महाधिवेशन तयारी समितिको बैठकको निर्णयअनुसार संयोजक तोकिएको हो ।
जसमा मोहनबहादुर बस्नेतसहित पाँच जनालाई विभिन्न समितिको संयोजक तोकिएको छ । बस्नेतलाई प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रचारप्रसार समितिको संयोजकमा प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद रहेका छन् । सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा अमित कार्कीलाई मनोनयन गरिएको हो।
१५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित