सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानीबाट दुईजनालाई अवैध चिनियाँ नोटसहित प्रहरीले पक्राउ गरेको छ । तातोपानीबाट काठमाडौं जाँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियोमा सवार दुई चिनियाँ नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनु ओजु र ४३ वर्षीय वाउजाएन्डु ओजी रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट १० किलाको कार्यालय अगाडी इ.प्र.का.कोदारीका प्र.नि.केशव के.सी. को कमाण्डमा र अस्थायी प्रहरी पोष्ट १० किलोबाट प्र.ह.हरेन्द्र प्रसाद यादब सहितको संयुक्त ७ जनाको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । जाँचका क्रममा भोटेकोशी गा.पा.५ का २८ को मोहन भण्डारीले चलाई ल्याएको स्कारपियो गाडीको बिच सिटमा सिरेनुले बोकेको कालो रङको झोलाभित्र चिनियाँ नोट फेला परेको प्र.नि. के.सीले जानकारी दिए ।
प्रहरीकाअनुसार चिनिया नोटहरु १०० को ६६ हजार ७ सय थान युआन र ५० को ५ थान युआन समेत गरी जम्मा ६६ हजार ९ सय ५० युआन फेला परेको हो ।यो रकम नेपाली रुपैयाँ सोह्र लाख छ हजार आठ सय हुन आउँछ ।