काठमाडौं । उसो त सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अब देशको जर्सीमा देख्न नपाउने भनेर धेरै समर्थक निराश बनेका थिए । तर, धेरै कोसिशका बाबजुद मेसीले निर्णय फिर्ता लिए । र, त यतिबेला पनि मेसी विश्वकै खेलकुदको नजरमा छन् ।
जारी विश्वकपको सुरुवातीदेखि नै सबै खेलमा जित दर्ता गरेर मेसीको टोली फाइनलसम्म पुगेको हो । स्पेनसँग फिफा विश्वकपको फाइनलमा उपाधिका लागि भिड्न लागेका मेसीले यो विश्वकपमा मात्रै ८ गोल र चार असिस्ट छ । उसो त विश्वकपमा सर्वाधिक गोल गर्नेको पहिलो नम्बरमा पनि उनकै नाम छ ।
उनीसँगै फ्रान्सका किलियन एमबाप्पेको पनि ८ गोल नै छ । दुवैले बराबरी एक खेल खेल्न बाँकी भने छ ।
हाल मेसीको नाममा चार असिस्ट छन् भने एमबाप्पेका तीन असिस्ट छन्। त्यसैले फाइनलपछि मेसी गोल्डेन बुट जित्ने बलियो दाबेदार मानिएका छन्। मेसी प्रतियोगिताको सर्वाधिक असिस्ट गर्ने खेलाडी बन्ने दौडमा पनि छन् ।
सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसी पछि राष्ट्रिय टोलीमा फर्किए। त्यसयता उनले दुई पटक कोपा अमेरिका र एकपटक विश्वकप जितिसकेका छन्।
र, पनि अहिले पनि उत्कृष्ठ लयमा छन् । वर्षले दुई दसक पुग्न लागेका उनको जादू मैदानमा देख्न सकिन्छ । र, त गोल अनि असिस्ट मात्रै गर्दैनन् । टोलीलाई लयमा फर्कन योगदान दिन्छन् अनि खेल जिताउँछन् ।
सन् २०२२ मा कतार विश्वकप जिते । त्यो जितमा सिंगो संसार हाँस्यो किनकि त्यो मेसीको महत्वपूर्ण जित थियो । संसार यसकारण हाँसेको थियो कि सर्वकालीन फुटबल खेलाडीले एकपटक विश्वकप चुमेको हेर्न मेसीका फ्यान मात्रै हैन खेलकुद प्रेमीहरुले पनि चाहेका थिए । नभन्दै नतिजा उनकै हातमा गएको थियो । उनले त्यो आफ्नो अन्तिम विश्वकप हुने संकेत दिएका थिए । खेलप्रेमीले पनि त्यही अनुमान गरेका थिए । तर, मेसी त्यतिकै रोकिएनन् । त्यसपछि इन्टर मियामीमा आबद्ध भएपछि धेरैले उनको करिअर अन्त्यतिर पुगेको अनुमान गरेका थिए।
हाल उनले इन्टर मियामी र अर्जेन्टिनाका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गरेका छन्। स्पेनविरुद्धको फाइनलमा पनि गोल वा असिस्ट गर्न सके सन् २०११ मा बनाएको लगातार १४ खेलमा गोल योगदानको आफ्नै कीर्तिमान बराबरी गर्नेछन्। त्यससँगै उनी ब्राजिलका काफुपछि तीनवटा विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी पनि बन्नेछन् । मैदानमा यो उमेरमा पनि २० वर्षे युवकजस्तै फुटबलीय जादू देखाउन सक्ने मेसी अबको विश्वकपपछि रोकिएलान् त ? यो अनुत्तरित प्रश्न अहिले फुटबलबीच चलिरहेको प्रश्न हो । मैदानमा प्रभव झनै झनै बढाउँदै गएका मेसीमाथि यो प्रश्न उनको उमेरले समर्थकलाई सोच्न बाध्य बनेको हो । अबको फुटबल करियरमा विशेषगरी अर्काे विश्वकपमा देखिन उनको उमेर बाधक बन्न सक्ने आकलन कै कारण यो प्रश्न अहिले आएको हो ।
सन् २०३० को विश्वकप हुँदा मेसी ४३ वर्षका हुनेछन्। त्यसैले धेरैले यो नै उनको अन्तिम विश्वकप खेल हुने अनुमान गरेका छन्। तर आठ पटकका बालोन डी’ओर विजेता मेसीका बारेमा अहिले कुनै पनि कुरा निश्चित रूपमा भन्न कठिन देखिएको छ । किनकि यो उमेर यत्तिको प्रभव जमाएर वश्वलाई चकित बनाएका यी स्टालाई उमेर नभइ खेल कौसलकै कारण फेरि पनि २०३० को विश्वकपमा मैदानमा देखिँदा अचम्म मान्नुपर्ने केही हुनेछैन ।