बागमती खेलकुदमा बक्सिङतर्फ सिन्धुपाल्चोकलाई पाँच पदक

बागमती खेलकुदमा बक्सिङतर्फ सिन्धुपाल्चोकलाई पाँच पदक

फरक पत्रिका

सोमबार, असार ८ २०८३

बागमती खेलकुदमा बक्सिङतर्फ सिन्धुपाल्चोकलाई पाँच पदक

काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद महोत्सवअन्तर्गत बक्सिङमा सिन्धुपाल्चोक बक्सिङ संघले पाँचवटा पदक हासिल गरेको छ । असार ३ गतेदेखि ६ गतेसम्म भएको प्रतियोगितामा सिन्धुपाल्चोकले एक स्वर्णसहित पाँच पदक जितेको हो ।
सिन्धुपाल्चोकले बक्सिङमा एक स्वर्ण, दुई रजत र दुई काँस्य पदक हासिल गरेको व्यवस्थापक नयनबहादुर भण्डारीले जानकारी दिए । उनकाअनुसार ४८ केजीतर्फ मनिषा राईले स्वर्ण पदक हासिल गरिन् । उनी उत्कृष्ट खेलाडीसमेत घोषित भइन् । त्यस्तै ६० केजीतर्फ सुदीप र ५७ केजीतर्फ महेश विष्टले रजत पदक प्राप्त गरे । ५० केजीतर्फ मन्दिरा पौडेल र ५४ केजीतर्फ अर्पील रानाले काँस्य पदक प्राप्त गरेका हुन् ।
प्रतियोगितामा रमेशदास श्रेष्ठ र सुजित पुनमगर प्रशिक्षक रहेका थिए ।

*यसअघिको शिर्षक गलत भएकाले सच्याइएको छ । स.

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित