चीनविरुद्ध एकै ओभरमा कुशल भुर्तेलले प्रहार गरे ६ छक्का

चीनविरुद्ध एकै ओभरमा कुशल भुर्तेलले प्रहार गरे ६ छक्का

फरक पत्रिका

आइतबार, जेष्ठ १७ २०८३

चीनविरुद्ध एकै ओभरमा कुशल भुर्तेलले प्रहार गरे ६ छक्का

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा उनले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।

यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले ६ छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औं ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित