सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेलमाथि अहिले एउटा आरोप छ । त्यो हो आफ्नै भान्छे कुटेर जागिरबाट बर्खास्त गरेको ।
बर्खास्तमा पर्ने भान्छे थिए शंकर कार्की ।
यस्तो थियो घटनाक्रम
२२ साउन २०८२ । दिउँसो २ बजेको समयमा डिएसपी खरेल लन्चका लागि क्वाटर पुगे । । डिएसपीका लागि भने लसुन–प्याज नहालिएको र फरक भाँडाकुडा प्रयोग गरिएको रोटी–तरकारी बनाइएको थियो । डिएसपी खरेल नियमीत सोही समयमा लसुन प्याजसमेत नहालीएको सात्वीक भोजन गर्ने गरेका थिए ।
डिएसपीले त्यसदिन भने चर्काे कुरा गे कार्की माथि । उनले आफूलाई बासी रोटी दिएको भन्दै अपशब्द प्रयोग गरे । त्यति मात्रै हैन दुई झापड पनि हाने । डिएसपीको रिस थामिएन अर्काे झापड पनि प्रहार गे । तर त्यो झापडलाई कार्कीले आत्मरक्षा गर्ने क्रममा ट्रे फुटेर डिएसपीको काँधमा चोट लाग्यो । डिएसपी झनै क्रोधित बने अनि कार्कीलाई पशुजस्तै गरेर कुटपिट गरे ।
भान्छे कार्कीले कुटपिट सहे अनि भाँडा माझ्न गए । त्यतिबेला इन्सपेक्टर रपेश शाह आए अनि उनीमाथि जाइलागे । इन्सपेक्टर शाहले पनि सक्दो कुटपिट गरे । अनि उनलाई हिरासत लगियो ।
साउन २३ गते आमाको मासिक श्राद्धका लागि घर जानुपर्ने थियो कार्कीको । तर उनी घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो ।
परिवारका अनुसार, अचेत हुने गरी कुटपिट गरेपछि विभागीय कारबाहीको नाममा उनलाई परिवार र आफन्तलाई भेट्न नदिई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । रिपोर्टमा बाहिरी चोटपटक नदेखिए पनि टाउको झमझम गर्ने, छाती दुख्ने र सास फेर्न गाह्रो भएको कार्कीको भनाइ छ । उनलाई घटनाको तीन दिनसम्म परिवारसँग भेटघाट गर्न दिइएको थिएन भने मोबाइल फोन समेत कब्जा गरी राखिएको थियो ।
साउन २६ गते छलफल हुने तय भए पनि सोही दिन बिहान १० बजे कार्कीलाई नेपाल प्रहरी विशेष सुरक्षा गुल्म, रातोमाटेमा दरबन्दी भए पनि ‘अनुशासनहीन कार्य’को आरोपमा वर्खास्त पत्र थमाइएको थियो । कार्कीको गतिविधीले प्रहरी संगठनको ‘चेन अफ कमाण्ड’मा प्रतिकुल असर पर्नजाने भन्दै उनलाइ बर्खास्त गरिएको छ ।
पीडितको भाउजु सपना कार्की र आफन्त खिल कुमारी कार्कीले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । कार्कीले भने घटनाको सत्यता बुझ्न सीसीटीभी फुटेज जाँच गर्न माग गरेका छन् ।
डिएसपी माधवराज खरेलले भने यो विभागीय कारबाही भएकाले केही भन्न नमिल्ने भन्दै पन्छिएका छन् ।
डिएसपी खरेलसँग यस विषयमा विभागीय विषय भएकाले केन्द्रिय प्रहरी प्रवक्तासँगै कुरा गर्नुस् भन्दै डिएसपी खरेल तर्कीन खोजे । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले यसबारे केन्द्रीय कार्यालयलाई जानकारी नभएको र जिल्ला स्तरमै जवाफ दिनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयले गरेको कारबाहीको कुरा प्रहरी मुख्यालयमा जानकारी समेत नगराइएको देखियो । केन्द्रिय प्रवक्ताले ‘जिल्लामै सोध्नु’ भनेपछि मात्रै डिएसपी खरेल जवाफ दिन बाध्य भए । शुरुमा ‘प्रहरीले यसबारे जानकारी दिन चाहेन भनेर लेखिदिनुस्’ भनेर पन्छीन खोजेका खरेलले केन्द्रिय प्रवक्तासँगको टेलिफोनपछि भने ‘निज शंखर कार्कीले प्रहरी अनुशासन विरुद्ध कार्य गरेकाले प्रहरी नियमावली बमोजिम नै बर्खास्त गरिएको ’ बताए । उनले घटना विवरण भने बताउन चाहेनन् ।
प्रहरी भने सो घटना गुपचुप राख्ने योजनामा रहेको देखिन्छ । घटनाको तीनचार दिनसम्म परिवारका सदस्यलाई भेट्न नदिनु, २२ गते नै कुटपीट गरिएका कार्कीलाई २३ गते अबेर मात्रै अस्पताल लैजानु जस्ता व्यवहारले प्रहरीले घटना गुपचुप राख्न खोजेको प्रष्ट देखिन्छ । परिवारका सदस्यले रुँदैरुँदै स्थानिय र पत्रकारसँग उद्धारका लागि अनुनयविनय गरेपछि मात्र २५ गते बल्ल घटनाको बारेमा बाहीर थाहा भएको थियो ।