बुटवल काण्ड : सिन्धुपाल्चोकको जेलबाट भागेका थिए दाई र पूर्वपत्नीको परिवार सिध्याएका सुजन

बुटवल काण्ड : सिन्धुपाल्चोकको जेलबाट भागेका थिए दाई र पूर्वपत्नीको परिवार सिध्याएका सुजन

फरक पत्रिका

सोमबार, जेष्ठ २० २०८२

बुटवल काण्ड : सिन्धुपाल्चोकको जेलबाट भागेका थिए दाई र पूर्वपत्नीको परिवार सिध्याएका सुजन

काठमाडौं । पछिल्लो साता नेपालमा एउटा घटनाले निकै चर्चा पायो त्यो थियो बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलिजुलीपथमा ३३ वर्षीया दिपा बस्याल र उनका ७ र ४ वर्षीया दुई छोरीको चक्कु प्रहारबाट हत्या ।

यो घटना बुटवलमा मात्रै हैन नेपाल अनि छिमेकी देशहरुमासमेत सनसनी फैलियो ।

प्रहरीलाई चुनौति थपियो । तर, प्रारम्भिक अनुसन्धानमै खुल्यो उनीहरुको हत्या गरेका थिए, दिपाका पूर्वपति सुजन कोइरालाले । जो पहिला पनि जेल जीवन बिताएका व्यक्ति थिए ।
यो हत्यासँगै सुजन सिरियल किलरको रुपमा चिनिए । उनले यसअघि आफ्ना दाजुको हत्या गरेका थिए । अनि नौ वर्ष जेलजीवन बिताएका थिए । यही क्रममा उनी जेल सरुवा हुँदै सिन्धुपाल्चोक पुगेका बेला त्यहींको कारागारबाट भागेका पनि थिए । तर पछि उनी फेरि समातिए । नौ वर्ष जेलजीवन बिताएपछि संविधान दिवसमा कैद माफी पाएर छुटेका थिए सुजन।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीअनुसार पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए । त्यसबेला दिपा २२ वर्षकी थिइन् भने सुजन २३ वर्षका थिए । प्रेम विवाहपछि उनीहरु बुटवलको होराइजनचोकमा रहेको प्रभासको घरमा दुई दाजुहरुसँगै बस्न थाले । सँगै बसेको तीन महिनामै दाजुहरुसँग आर्थिक विषयमा सुजनको विवाद भयो । त्यही बिचमा २०६९ सालमा एक्कासी सुजनका दाजु सुदीप कोइराला सम्पर्कविहिन भएको भन्दै सुजननै निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पाल्पा पुगेका थिए ।
सुजनको निवेदन पछि खोजी गर्दा पाल्पाको केराबारीमा सुजनको दाजुको शव फेला पर्यो । शव टुक्रा–टुक्रा पारेर बोरामा हालेर फालिएको थियो । अनुसन्धान गर्दै जाँदा सुजनले नै दाजुको हत्या गरि शरीर टुक्रा टुक्रा पारेर बोरामा हाली फालेको पुष्टि भयो । त्यसपछि पुस २७ गते पाल्पा जिल्ला अदालतले उनलाई कारागार चलान गर्यो ।

पाल्पा कारागारमा पनि उनले असान्ती मच्चाएपछि पाल्पा कारागार बाट सुजनलाई सिन्धुपाल्चोक, भिमफेदी, कास्की लगायतका विभिन्न कारागार सरूवा गरिएको थियो । पहिलो पटक २०७१ असार २७ गते पाल्पाबाट सिन्धुपाल्चोक पठाइएका उनी कारागारबाट भागेका थिए । कारागारबाट फरार भएको उनी केही महिनापछि पक्राउ परि फेरि कारागार चलान गरिएको थियो ।

भर्खर विवाह गरेको श्रीमान्, आफ्नै दाजुको हत्या कसुरमा कारागारमा गएपछि दिपा मानसिकरुपमा विच्छिप्त भएकी थिइन् । त्यसपछि उनले सम्बन्ध विच्छेद प्रक्रिया अघि बढाइन् । २०७३ सालमा उनीहरुको सम्बन्ध विच्छेद भयो ।

त्यसपछि दिपाले नवलपरासीको कावासोतीका शङ्कर ढकालसँग विवाह गरेकी थिइन् । शंकर र दिपा दुबैको एक पटक विवाह भत्किएको थियो । शंकरले पनि पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरीसकेका थिए । विवाह भएको केही वर्षपछि दिपाले पाल्पाको तानसेन नगरपालिका ७ कुनसरेस्थित स्वास्थ्य केन्द्रमा काम गर्न थालिन् भने उनको श्रीमान् रोजगारीका लागि विदेशीए । त्यतीबेलासम्म उनीहरुको दुई छोरी भैसकेका थिए ।

पाल्पा बस्दै आएकी दिपा र उनकी छोरीहरु, बुधबार आफन्तको विवाह मान्न मंगलबारनै बुटवल आएका थिए । उनका आफन्तहरु पनि मंगलबार देखिनै विवाहका लागि बुटवलमा जम्मा भएका थिए । तर उनीहरुसँग दिपाले आफू बुटवल आएको बताएकी थिइनन् । उनी दुई छोरीसहित सुजनको घरमा पुगेकी रहिछन् । विवाह घरमा सबैजनाले दिपा बुधबार बिहान आउने सोचेर कुरिरहेका थिए तर खबर आयो, दिपा पूर्वपतिको घरमा मृत अवस्था भेटिइन् ।

प्रारम्भिक सोधपुछका क्रममा सुजनले पछिल्लो १ वर्षदेखि आफू दिपासँग नियमित सम्पर्कमा रहेको बयान दिएका छन् । उनको अनुसार दिपा र सुजन एक वर्षदेखि नियमित फोन सम्पर्क र भेटघाट गर्दै आएको र मंगलबार पनि बुलेट मोटरसाइकल चढेर रूपन्देहीकै गजेडी तालमा घुम्न गई साँझ बुटवलको एउटा होटलमा खाजा खाएर घर फर्किएको बयान दिएका छन् ।

राति सँगै बसेकी दिपालाई बिहान घर जान भन्दा नमानेपछि आफूले हत्या गरेको सुजनले बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुजनले हतौडा र चक्क प्रहार गरी दीपा र दुई छोरीको हत्या गरेका हुन् । उनले दिएको बयान अनुसार ह्यामरले दिपाको टाउकोमा प्रहार गरेपछि चक्कुले घाँटी रेटेका थिए भने दुई छोरीको घाँटी रेटेका थिए ।

सिधाकुराको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित