• ट्रेण्डिङ :

गहना लुट्ने आपराधिक सोच आयो! हुनसक्छन् सादा पोशाकमा सिन्धुपाल्चोकका महिला प्रहरी

गहना लुट्ने आपराधिक सोच आयो! हुनसक्छन् सादा पोशाकमा सिन्धुपाल्चोकका महिला प्रहरी

फरक पत्रिका

सोमबार, भाद्र ३१ २०८१

गहना लुट्ने आपराधिक सोच आयो! हुनसक्छन् सादा पोशाकमा सिन्धुपाल्चोकका महिला प्रहरी

सिन्धुपाल्चोक । चाडपर्व नजिकिएसँगै लुटपाटलगायतका घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नयाँ रणनीतिका साथ सुरक्षा योजना बनाएको छ । दसैं तथा तिहारलगायतका पर्वमा हुनसक्ने सम्भावित घटना न्यूनीकरणका लागि कार्यालयले योजना बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काकाअनुसार विभिन्न प्रमुख ६ बुँदामा सुरक्षा योजना बनाइएको छ । उनले लुटपाटका घटना हुन नदिन सादा पोशाकका प्रहरी परिचालन गरिनेलगायतका बुँदाहरु सार्वजनिक गरे । ‘झै–झगडा, लुटपाट हुनसक्ने सम्भावित ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना बनाएका छौं,’ एसपी खड्काले भने, ‘लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउनेछौं, उहाँहरु गहना लगाएर सादा पोशाकमा ड्युटीमा खटिनुहुनेछ ।’

कार्यालयले यो वर्ष महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने एकान्त स्थानमा खटाउने छ । गाउँमा सोझा महिलाजस्ता देखिने गरी गहना लगाएर महिला प्रहरी खटाउन लागेको प्रहरीले जनाएको छ । ‘आपराधिक सोच भएकाहरुको आँखा गहना लगाएका र गाउँका सोझा देखिनेहरु हुन्छ,’ उनी भन्छन्, ‘त्यहीकारण हामीले यो वर्ष नयाँ सोच बनाएका हौं ।’ उनले लुटपाट गर्न आउनेहरुले सादा पोशाकका गहना लगाएका महिला प्रहरीमाथि नजर लगाएपछि अन्य प्रहरीले उनीहरुलाई पक्राउ गर्ने योजना बनाएको सुनाए । यो रणनीतिले लुटपाटका घटनामा निकै कमी आउने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आज पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरी बजार एसिरया तथा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने नाकाहरुमा २४ सै घण्टाजाँच गर्ने योजना पनि बनाएको छ । त्यस्तै ठाउँठाउँमा मापसे र लापसे जाँच, जिल्लाका पाँच स्थानमा रिफ्रेस सेन्टर बनाइएको एसपी खड्काले बताए । सवारी साधनको प्रतिष्पर्धा अन्त्य गर्ने उद्धेश्यले मेलम्ची, बाह्रविसे, ठूलोपाखर, बनदेउ र चौतारामा रिफ्रेस सेन्टर बनाइएको हो ।

त्यस्तै आर्थिक चहलपहल बढी हुने स्थानमा पनि प्रहरीको विशेष निगरानी हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुमा निगरानी बढाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित