सिन्धुपाल्चोक। अहिले पनि सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साविकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ कारण खोलामा सामान्य बाढी आउँदा पनि उनीहरु १ असार २०७८ सम्झिहाल्छन् ।
ठिक आजभन्दा तीन वर्षअघि हेलम्बुको शीर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । पाँचपोखरी थाङपाल गाउँपालिकाका केही भाग पनि नदीमा विलय भयो ।
बाढीले पाँच सय बढी घरटहरा बगायो । नदी करिडोरमा रहेका केही व्यक्ति बगायो ।
हेलम्बुको शीर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले त्यति मात्रै गरेन अरबौं लगानी गरेर बनाइएका फर्म, रिसोर्टहरुलाई पनि खोलाले निल्यो । स्थानीय तहले निर्माण गरेका र गर्दै गरेका संरचना ध्वस्त बनायो । मेलम्ची र हेलम्बुको विकासलाई बाढीले निकै वर्ष पछाडि धकेल्यो ।
बाढीले क्षति गरेका तीन स्थानीय तहका नदी आसपास बस्नेहरु अहिले पनि राम्ररी निदाउन सक्दैनन् । खोला बढ्नासाथ त्रास फैलन्छ । डरले मुटु काँप्छ अनि त्यस्तै बाढी आउन सक्ने आँकलनमा भागदौड मच्चिन्छ ।
भागदौड यसै मच्चिएको हैन । तीन वर्ष अघि बढेको हेलम्बुको ठूलो चौर कुनै पनि बेला फेरि खस्न सक्ने सम्भावना रहेको विज्ञहरुले बताएकै कारण मेलम्ची करिडोरबासी पानी पर्नासाथ त्रासमा रहने गरेको हेलम्बु–४ का खिलप्रसाद लामिछाने बताउँछन् । ‘बर्खालागेसँगै सम्भावित बाढीले पिरोल्छ, कसरी ज्यान जोगाउने भन्नेमै रात बित्छ,’ खिलप्रसाद भन्छन्, ‘पानी पर्न थालेपछि पहिलाको विकराल बाढीको याद आउँछ अनि मुटु पनि काँप्न थाल्छ ।’ उनले बाढीपीडितको अवस्था त्यतिबेलैको जस्तो भएकाले पनि डर उत्पन्न भएको बताए ।
बाढीले बगाएका सडक अझै बनिसकेका छैनन् । घर बगाएकाहरु अझै टहरामै खुम्चिन बाध्य छन् । सडक सञ्जाल विस्तार हुन नसक्दा विरामी तथा वृद्धवृद्धाहहरु सकसपूर्ण दैनिकी जिउन बाध्य भएको उनले सुनाए । ‘सरकारले वास्ता गरेको छैन, हामीले सम्बन्धित निकायको ढोका निकै चहारिसक्यौं,’ उनले भने, ‘जनताहरु पीडामाथि पीडामा छन्, सरकारले हामीले राखेका मागहरु केही पूरा गरेको छैन ।’
यसवर्ष पनि जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा औसत भन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेको छ । विभागको यो पूर्वानुमानले पनि स्थानीयवासीमा थप त्रास फैलिएको छ । किनकी पहिलेका बाढी पीडितहरु पक्की घरमा बस्न पाएका छैनन् । अझै असुरक्षित छन् ।
मेलम्ची बाढीले हेलम्बु गाउ“पालिकाको चार गाउ“को अस्तित्व नै मेटायो, तटीयक्षेत्रलाई एकै रातमा बगर तुल्याइदियो ।
बाढीले संयौं रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएपछि किसानले उब्जनी गर्न पाएनन् । हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय बन्द भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै रोकिदियो । आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्ट सहितको ट्राउट फर्म सञ्चालन गरेर बसेका उत्तममणी भण्डारीसहितको नदी करिडोरमा रहेको आठ वटा फर्म विलय बन्यो । भण्डारीका अनुसार नदी करिडोरमा रहेका ट्राउट फर्मका मात्रै अरब भन्दा बढीको क्षति हुन आउँछ ।
मेलम्चीको मुहानस्थल हुँदै एक्कासी उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउ“ चिउरेखर्क, चालिसे गाउ“, तल्लो तिम्बु बजार, गणेशे बगर गाउ“को सबै संरचना बगायो । झण्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।
मेलम्ची नगरपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि ग्रिन सिटी पार्क निर्माण गर्दै थियो मेलम्ची बजारको नदी किनारमा । करिब ३८ करोड लगानीमा निर्माण गरिदैं गरिएको सो पार्क पनि बाढीले एकै झट्कामा निलिदियो ।
तीन खण्डमा कार्य सम्पन्न गर्ने गरी सुरु गरिएको सो पार्कको निर्माण एक खण्ड सकिएको तत्कालीन नगरप्रमुख डम्बरबहादुर अर्यालले बताए । सो पार्क पर्यटन प्रवद्र्धनसँगै वातावरणीय संरक्षण अभियाना लागि निर्माण थालिएको उनले सुनाए ।
बाढीले मेलम्ची बजार सिंगै डुबायो । बजारमा निर्माण गरिएको सामुदायिक रेडियो रेडियो मेललम्चीको चार तल्ले पक्की घर पनि बगायो । चन्दा संकलनबाट निर्माण गरिएको भवनमा रेडियोका उपकरणहरुसमेत बगाएको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । बजारमा ६ करोड लगानीमा स्थानीय सागर श्रेष्ठले जिल्लामै पहिलोपटक लिफ्टसहितको होटल सञ्चालनमा ल्याउन लागेका थिए । ६ तल्ले सो भवन पनि बाढीले डुबाएपछि उनी अहिहले पनि ऋणको मारमा छन् ।
मेलम्ची बाढी आएको तीन वर्ष पूरा भएपनि पीडितहरु अझै टहरामै आश्रित छन् । पीडित सन्तोषी श्रेष्ठ यो वर्ष पनि आनन्दसँग रात काटन नपाउने दुखेसो गर्छिन् ।बाढीपछिका बर्खामा टहराको बसाई निकै सकसपूर्ण भएको उनको भनाई छ ।
बाढीका कारण हेलम्बु गाउँपालिकामा तीन सय ९२ परिवार लाभग्रँही पहिचान गरिएको थियो । सोमध्ये हालसम्म एक सय परिवारले मात्रै राहतको पहिलो किस्ता पाएका छन् । जसमा ९५ परिवारले जग्गा खरिद गरेका छन् । त्यस्तै मेलम्ची नगरपालिकामा दुई सय ४४ परिवार लाभग्राहीको सूचीमा थिए । सोमये दुई सय ३२ परिवारले पहिलो किस्ता पाएका छन् भने अन्तिम किस्ता पाउने परिवारको संख्या आठ रहेको छ ।
बाढी प्रभवित पाँचपोखरीमा एक सय ८४ परिवार लाभग्राही थिए । सोमध्ये ९२ परिवारले जग्गा प्राप्त गरेका छन् । बाढीपीडितलाई सरकारले जग्गा नभएकालाई बढीमा तीन लाख रुपैयाँ, घर निर्माण गर्न पाँच लाख रुपैयाँ र अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ लिाउने घोषणा गरेको थियो ।
वर्षासँगै उर्लिएर डरलाग्दो गरि बग्ने मेलम्ची खोलाको बाढीले क्षतिग्रस्त घर र खेतबारी कटान गरेपछि पीडितहरुको थप बिचल्ली भएको हो । पीडितका लागि स्थायी आवास निर्माण गर्न स्थानीय सरकारले मात्रै सम्भव नहुने हेललम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । यसका लागि प्रदेश र केन्द्रीय सर