सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा तीन दिने योग शिविर सुरु गरिएको छ । चौतारास्थित श्रीकृष्ण रत्न गंगा माविको प्रांगणमा खुला योग शिविरको आयोजना गरिएको हो ।
पतञ्जली योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहआयोजनामा शिविरको सुरुआत आजबाट गरिएको छ ।
शिविरमा सुरुमा एक्सय ५० भन्दा बढी सहभागी भएको आयोजकको दाबी छ । शिविरमा गुरु गुविन तौजलेले अभ्यास दिदैछन् ।
आयोजकका अनुसार पछिल्लो समय युवाहहरुमा योगगको आकर्षण भएको पाइन्छ । मानिसले आफूलाई स्वस्थ राख्न योगमा आकर्षण भएको पाइएको हो ।
उसो त आफूलाई स्वस्थ राख्न मानिसले विभिन्न व्यायामहहरु गरिरहेका हुन्छन् । विहान दौडने, डान्स गर्ने जिम जाने, विभिन्न खेलहरु खेल्ने पनि गर्दछान् । तर योग विज्ञहरुक अनुसार स्वस्थ राख्न यी प्रक्रिया काफी हुँदैनन् ।
अनि अरू व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरू मानिसमा पैदा भएके पाइने विज्ञहरु बताउँछन् ।
अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउने तर्क योग गुरुहरुमा रहेको पाइन्छ ।
योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ । शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।
योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउने दाबी पनि गरिएको छ ।
यसर्थ योगले फाइदा गर्ने र किन गर्ने भन्नेबारे बुझौं ।
योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।
योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।
योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।
जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।
योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।
अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।
योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।
योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
विभिन्न सञ्चारमाध्यमको सहयोगमा