सिन्धुपाल्चोक । घरबाट बिहान घाँस काट्न भनेर हिँडेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । सिन्धुपाल्चोकको चाैतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेस्थित बदलाङकी ३३ वर्षीया स्वस्थानी खड्का थापा मृत भेटिएकी हुन् । उनी बारीको कान्लामुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घाँस काट्न हिडेकी स्वस्थानी अबेरसम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजेका थिए । उनलाई दिउँसो करिब ४ बजे बारीको कान्लामुनि मृत अवस्थामा भेटिएको हो ।
प्रहरीले उनको लडेर मृत्यु भएको अनुमान गरेको जनाएको छ । खोजतलास गर्दै जादाँ क्रममा घरदेखि करिब डेढ किलोमिटर तल बारीको कान्ला शव फेला परेको थियो । घाँसको भारी बोकेर फर्कने क्रममा लडेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो ।