मेलम्चीबाट भोताङ जाँदै गरेको बोलेराे सडकबाट ३० मिटर तल खस्यो 

मेलम्चीबाट भोताङ जाँदै गरेको बोलेराे सडकबाट ३० मिटर तल खस्यो 

फरक पत्रिका

आइतबार, बैशाख ३० २०८१

मेलम्चीबाट भोताङ जाँदै गरेको बोलेराे सडकबाट ३० मिटर तल खस्यो 

मेलम्ची । सिन्धुपाल्चोकको  मेलम्चीबाट भोताङ जाँदै बोलेरो दुर्घटना भएको छ । बा ११ च ९४४२ नम्बरको बोलेरो लागर्चेको आएडाँडोस्थित सडकबाट तल खसेको हो ।

पसलको सामान बोकेर  बाेलेराे भोताङतर्फ जाँदै गरेको थियाे । प्रहरी चौकी खाल्डेका प्रहरी हवल्दार जयराम काफ्लेले बोलेरोमा सवार ४ जना सकुसल रहेको र बोलेको करिब ३० मिटर तल खसेको जानकारी दिए ।

उकालो बाटोमा ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । खाल्डेखोला हुँदै तिपेनी जाने सडक उत्तिसघारीमा मर्मतको काम भइरहेकाले अहिले सवारीसाधनहरु वैकल्पिक सडक खाल्डे लाँगर्चे हुँदै तिपेनी जाने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित