• ट्रेण्डिङ :

क्यान्सरपीडित अवोध अप्रिया : ज्यान बचाउन गुहार्दै जुरेपीडित दम्पती

क्यान्सरपीडित अवोध अप्रिया : ज्यान बचाउन गुहार्दै जुरेपीडित दम्पती

फरक पत्रिका

मंगलबार, बैशाख २५ २०८१

क्यान्सरपीडित अवोध अप्रिया : ज्यान बचाउन गुहार्दै जुरेपीडित दम्पती

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाँउपालिका वडा ८ ,ड्यामसाइड टोलका २४ वर्षे सुवास ब्लोन तामाङले आफ्नी १४ महिनाकी अबोध छोरीलाई ब्लड क्यान्सरर होला भनेर सपनामा पनि चिताएका थिएनन् । आफूमाथि परेको श्रृंखलाबद्ध पीडाबारे सम्झिँएर सुवास अहिले स्तब्ध छन् ।

०७१ साल साउन १७ गते जुरेपहिरोमा सम्पूर्ण परिवारसहित घरजायजेथानै गुमाउनु¥यो । बास न गाँस ,सिंगो परिवार गुमाउनुको पीडा र शोकमग्न वातावरणबीच स्तब्ध १४ वर्षे एक्लो जीवन । त्यसयता उनी जिउनकै लागि अनेक संघर्ष गरिरहे ।
करिब तीन वर्षअघि सिवानीसँग प्रेम विवाह भएपछि उनको जीवनमा केही खुसीको मोड आएको थियो । पहिलो सन्तानको जन्मिएपछि दम्पतीको हर्षको ठेगाना थिएन। तर, पहिलो सन्तान अप्रियालाई ब्लड क्यान्सर देखिएयता तामाङ दम्पत्तीलाई बज्रपात थपिएको छ ।

आर्थिक अभावबीच उपचारका लागि सबैलाई हारगुहार मागिरहेका उनी भन्छन् ,”जुरेपहिरोमा सबकुछ गुमाए ,त्यो पीडा भुल्न नपाँउदै भगवानले अर्को ठूलो तनाव दिएका छन् ,आहिले छोरी बचाउनै खातिर सबैलाई सहयोग मागिरहेको छु ।” उपचारका लागि कान्ती बाल अस्पतालले २० देखि २२ लाख खर्च लाग्ने भनेकाले यो रकम जुटाउन कुदिरहेको उनले बताए ।

डेढ महिनाअघि तामाङ दम्पतीले फुर्तिली अप्रिया ज्वरोले बिरामी परेपछि उपचारका लगि धुलिखेल अस्पताल लगेका थिए । त्यँहाबाट उपचार संम्भव नभएपछि रिफर पाएर काठमाण्डौस्थित कान्ती अस्पतालमा परीक्षणपछि उनीहरुले क्यान्सबारे थाहा पाएपछि दुवैको होसहवास् उड्यो । “सामान्य ज्वरो आएको सोचेर उपचारका लागि धुलिखेलबाट कान्ती अस्पताल पुगेका थियौ ,तर त्यँहा पुगेपछि सेतो र रातो रगत अभाव भएकोबारे थाहा पायौ , त्यसयता तनावमा छौ ,अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छौ ,कसरी पैशा तिर्ने हो थाहा छैन् ।” तामाङले भने ।

आर्थिक अवस्था कमजोर भएका सुवासले सवारी चलाएर आफ्नो परिवार चलाँउदैआएका थिए । यस्तो दुखद घटना भएपछि उनले सहयोग जुटाउने र उपचारका लागि कसरतमा काम गर्न पनि समय नपाएको बताए । धुलिखेलमा ४ दिन र कान्तीमा एक महिना समय उपचारमा बिताएको उनको भनाइ छ ।

यस्तो अवस्थामा केही सहयोगका लागि बलेफी गाउँपालिकामा वडाबाट सिफारिस लिएर कागजी र मौखिक अनुरोध गरिएपनि कागजी प्रक्रियामा अल्झिएको उनले दुखेसो गरे । स्थानीय तहबाट आश्वासनबाहेक केही सहयोग नभएको उनको भनाइ छ ।

अप्रियालाई सहयोगी हातको सहयोग

अप्रियाको उपचारका लागि सक्रिय युवाको समूह सहयोगी हात (हेल्पिङ  ह्याण्ड ग्र्रुप) ले अप्रियाको परिवारलाई यसअघि विभिन्न व्यक्तिबाट संकलित ८५ हजार एकसय १६ र शनिबार एक लाख ६१ ह्जार ५ सय ७३ रुपैया हस्तान्तरण गरेको छ ।

जिल्लाका प्रत्येक विपद् र सहयोग अभियानमा सक्रिय रहेका अभियन्ता उपचारका लागि अन्य स्रोतबाट रकम जुटाउन लागिपरिरहेका बताउँछन् । शनिबार भक्तपुर क्यान्सर अस्पताल पुगेर पैसा दिइएको अभियन्तामध्ये एक रहेका गणेश प्रधानले जानकारी दिए । “अप्रियालाई थप सहयोगको जरुरत छ , हामी त्यही काममा लागिरहेका छौ ,सम्बन्धित निकायले ध्यान र यसमा चासो दिन जरुरी छ ।” उनले भने ।

अप्रियाको उपचारका लागि आर्थिक सहयोग जुटाउन कस्सिरहेका बलेफी गापा ८ का पूर्ववडाध्यक्ष चरिबहादुर तामाङले परिवार आर्थिक संकटमा ग्रुजिरहेकाले सहयोग गर्न सबैलाई गुहार मागिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित