• ट्रेण्डिङ :

हेलम्बुले भन्यो- डढेलो लगाउने व्यक्तिबारे सूचना दिनुस्, ५० हजार पुरस्कार लैजानुस्

हेलम्बुले भन्यो- डढेलो लगाउने व्यक्तिबारे सूचना दिनुस्, ५० हजार पुरस्कार लैजानुस्

फरक पत्रिका

बुधबार, बैशाख १९ २०८१

हेलम्बुले भन्यो- डढेलो लगाउने व्यक्तिबारे सूचना दिनुस्, ५० हजार पुरस्कार लैजानुस्

सिन्धुपाल्चोक । वनमा डढेलो लगाउने व्यक्तिबारे प्रमाणसहित सूचना दिए सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नगद पुरस्कार दिने भएको छ । डढेलो लगाउनेमा संलग्न व्यक्तिको जानकारी गराए गाउँपालिकाले ५० हजार रूपैयाँ पुरस्कार दिने भएको हो ।
सूचना दिने व्यक्तिको नाम भने गोप्य राखिनेछ ।
सिन्धुपाल्चोकका वनहरूमा पछिल्ला दिनमा वना डढेलो फाग्ने क्रम बढेको छ । वनमा डढेलो लगाउने ब्यक्ति पहिचान गर्न नसक्दा दिन प्रतिदिन यस्ता घटनाहरुले प्रशय पाइरहेका छन् । त्यस्ता क्रियाकलापहरूबाट वन क्षेत्र लगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने भएकाले यस्ता घटनालाई नियन्त्रण गर्न डढेलोमा संलग्न व्यक्तिको बारे स–प्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
नागरिकलाई असर गर्ने र कानुनले समेत बर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको शेर्पाले जानकारी दिए ।
गाउँपालिकाले एक सूचना जारी गर्दै पुरस्कारको व्यवस्था गरेको जनाएको हो ।
हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्नु हुन समेत सुचना मार्फत आग्रह गरिएको छ । अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित