काठमाडौं । उत्तरी गोरखाको वीरेन्द्र ताल फुट्दा सामागाउँकाे काठेपुल बगाएकाे छ ।माथिबाट आएकाे हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुटेकाे हाे ।
ताल फुट्दा बूढीगण्डकीमा बहाव बढेकाे छ । बूढीगण्डकीकाे तल्लाे तटीय क्षेत्रमा जाेखिम बढेकाे भन्दै सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।
‘ फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्,’ गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।
घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको छ।