भारत लैजाँदै गरेका सिन्धुपाल्चोकका बालकसहित १९ को उद्धार

भारत लैजाँदै गरेका सिन्धुपाल्चोकका बालकसहित १९ को उद्धार

फरक पत्रिका

मंगलबार, जेष्ठ ७ २०८२

भारत लैजाँदै गरेका सिन्धुपाल्चोकका बालकसहित १९ को उद्धार

काठमाडौं । सीमा नाका हुँदै भारत लैजाँदै गरेका १९ जना बालकको उद्धार गरिएको छ । रूपन्देहीको सीमा क्षेत्र सुनौली–बेलहिया नाकाबाट सिन्धुपाल्चोक घर भएकाहरुसहित १९ जना नेपाली बालकहरूको उद्धार भएको हो ।

नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार विरूद्ध भारतमा क्रियाशिल संस्था ‘किन इन्डिया’ र भारतीय सुरक्षा निकाय एसएसबीको पहलमा उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई भैरहवा नाकासम्म बसमा लगिएको थियो । प्रहरीले ती बालकहरूलाई नेपाल–भारत बीचको दशगजा सीमा नाकाबाट उद्धार गरिएको जनाएको छ।

भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर अभिभावक बिना बालकहरुलाई लगिएको पाइएको थियो । अध्ययनका लागि बालबालिकालाई विदेश लैजान पुरा गर्नुपर्ने प्रक्रिया पुरा नगरी अभिभावक र आवश्यक कागजात बिना लगिएका बालकहरू जोखिममा पर्ने सम्भावना देखेर उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित