मेलम्चीमा बहुआयामिक छात्रावासको शिलान्यास, गुफाडाँडा आउने पर्यटकलाई पनि सेवा दिईने

मेलम्चीमा बहुआयामिक छात्रावासको शिलान्यास, गुफाडाँडा आउने पर्यटकलाई पनि सेवा दिईने

फरक पत्रिका

बुधबार, चैत्र १९ २०८१

मेलम्चीमा बहुआयामिक छात्रावासको शिलान्यास, गुफाडाँडा आउने पर्यटकलाई पनि सेवा दिईने

मेलम्ची । करिब ६ करोड लगानीमा मेलम्ची नगरपालिका ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयको छात्रावास भवन बन्ने भएको छ । पर्यटकीयस्थल गुफाडाँडा घुम्न आउने पर्यटकलाईसमेत सेवा दिईने उद्धेश्यका साथ छात्रावास को शिलान्यास गरिएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आज उक्त भवनको शिलान्यास गरे। छात्रावास बहुआयामिक हुने जनाइएको छ। छात्रावास भवनले विद्यालयको शैक्षिक अवस्था सुधार लगायत पर्यटन प्रवर्द्धनका लागि समेत टेवा पुग्ने नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । छात्रावास निर्माणले पर्यटन प्रवर्द्धनमा सघाउने उनको विश्वास छ ।
यस वर्ष नगरपालिका बाट विनियोजित ६५ लाखबाट काम हुने नगरपालिकाले जनाएको छ। यस वर्षबाट सुरु भएको निर्माण कार्य आगामी वर्षहरूमा पनि निरन्तर बजेट विनियोजन गरी सम्पन्न गर्ने योजना रहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित