एसइई: निजी विद्यालयको सेटिङ र प्रहरीको सहयोगमा प्रश्नपत्र आउट

एसइई: निजी विद्यालयको सेटिङ र प्रहरीको सहयोगमा प्रश्नपत्र आउट

फरक पत्रिका

बिहिबार, चैत्र ६ २०८१

एसइई: निजी विद्यालयको सेटिङ र प्रहरीको सहयोगमा प्रश्नपत्र आउट

सिरहा। सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा शुरु भएको २० मिनेट प्रश्नपत्र बाहिरिएको छ।

 

पहिलो दिनको अंग्रेजी विषयको प्रश्न जिल्लाको लहान- १९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको बताइएको छ।

 

निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरिएको स्रोतले जनाएको छ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसईई परिक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएका बताए। उनले भने, ‘पात समेत हल्लिन दिएको छैन। प्रश्नपत्र कसरी वाहिरीएको बारे अनुुसन्धान हुदैछ। कहाँबाट प्रश्नपत्र वाहिरीएको पत्ता लागे कारबाही हुन्छ।’

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुदाँ प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेकाे स्थानियकाे अाराेप छ ।

जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भईरहेको छ। यस वर्षको परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित