• ट्रेण्डिङ :

सिंगापुर पठाउने भन्दै सिन्धुपाल्चोककी बेली डान्सर बिनुले यसरी करोडौं ठगिन् युवाहरूलाई

सिंगापुर पठाउने भन्दै सिन्धुपाल्चोककी बेली डान्सर बिनुले यसरी करोडौं ठगिन् युवाहरूलाई

फरक पत्रिका

बिहिबार, कार्तिक २२ २०८१

सिंगापुर पठाउने भन्दै सिन्धुपाल्चोककी बेली डान्सर बिनुले यसरी करोडौं ठगिन् युवाहरूलाई

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिका मांखाकी हुन् बिनु शाक्य ।उनी हट बेली डान्सरका रूपमा ख्याती कमाएकी कलाकार हुन् ।

सिनेमा, म्युजिक भिडियो र स्टेजहरूमा काम पाइरहेकी शाक्यका धेरै फ्यान पनि छन् । सामाजिक सञ्जालमा उनका लाखौं फलोअर्स छन् ।टिकटकमा उनका १२ लाख फलोअर्स छन् । इन्स्टाग्राममा उनलाई १ लाख १३ हजारले फलो गरेका छन् ।
तर, अहिले उनको अपराधको तथ्य खुलेको छ । उनी वैदेशिक ठगीमा संलग्न रहेको पाइएको हो । हालै प्रहरीले कम्बोडियामा उनलाई पक्राउ गरेसँगै उनले युवालाई ठग्ने गरेकाे पाइएको हो ।

शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका प्रेमी छन् २२ वर्षीय सुजन आचार्य । २८ वर्षे बिनुले उनै सुजनसँग मिलेर दर्जनौँ युवालाई ठगेको खुलासा भएको हो । उनीहरूले सिंगापुर लगेर मासिक चार लाख तलब दिलाउने प्रलोभनमा पारेर दर्जनौं युवाहरूलाई ठगेकाे खुलेको हो ।
जग्गा बेचेर, महँगो ब्याजमा ऋण काढेर, परिवारको गहना धितो राखेर युवाहरूले पेैसा बुझाएका थिए । बिनु र सुजनको प्रलोभनमा परेका अधिकांश युवाहरूकाे खेतबारी लिलामी हुने अवस्थामा पुगेकाे पीडित बताउँछन् । खाको र बसेकाे खर्च तिर्न नसकेपछि केही युवा कोटेश्वरको एक होटलमा तीन महिनाभन्दा लामो समयदेखि बन्धकजस्तै भएका छन् ।

अछामका अनिल अधिकारीले पटक-पटक गरेर ३१ लाख २० हजार रुपैयाँ बिनु शाक्यको खातामा पठाएको देखिन्छ । २८ लाख रुपैयाँ मोबाइल बैंकिङमार्फत पठाएका छन्। ३ लाख २० हजार रुपैयाँ बैंकमा गएर फारम भरेर बिनुकै खातामा पठाइदिए । ३ लाख रुपैयाँ क्यास बिनुको काकाकाे छाेरामार्फत दिएका हुन् ।
अनिल प्रतिनिधि मात्रै हुन् । उनीसहित ४० जनाभन्दा बढी ठगिएको पीडितहरूको दावी छ ।

ट्राभल हिस्ट्री बनाउन भन्दै सुजन र बिनुले केही युवालाई सिङ्गापुरसमेत लगेका थिए । अनिलसहित अछामका प्रेम साउद, कैलालीका पारस अधिकारी, प्रकाश बीके र आयुष बीके, झापाका मनोज उप्रेती, अभिषेक श्रेष्ठ, महेन्द्र तामाङ र अमित तामाङ, मोरङका ऋषिमान तामाङ, महेन्द्र तामाङ, काठमाडौंका सुमन दङ्गाल, बाँकेका अनिल भण्डारी, दाङका गोविन्द पुरीलगायत सिङ्गापुर पुगेर फर्केका थिए ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित