मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै बोलेरो दुर्घटना भएको छ । बा ११ च ९४४२ नम्बरको बोलेरो लागर्चेको आएडाँडोस्थित सडकबाट तल खसेको हो ।
पसलको सामान बोकेर बाेलेराे भोताङतर्फ जाँदै गरेको थियाे । प्रहरी चौकी खाल्डेका प्रहरी हवल्दार जयराम काफ्लेले बोलेरोमा सवार ४ जना सकुसल रहेको र बोलेको करिब ३० मिटर तल खसेको जानकारी दिए ।
उकालो बाटोमा ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । खाल्डेखोला हुँदै तिपेनी जाने सडक उत्तिसघारीमा मर्मतको काम भइरहेकाले अहिले सवारीसाधनहरु वैकल्पिक सडक खाल्डे लाँगर्चे हुँदै तिपेनी जाने गरेका छन् ।