काठमाडौं- नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ। भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो। भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ।
आगलागी के कारणले भएको हो अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि अहिले काठमाडौं उपत्यकाका दमकलहरु त्यसतर्फ प्रस्थान गरिएको बताइएको छ।