प्रिय पाठकवृन्द ! आजबाट हामीले सिँगो पत्रकारिता जगतमा एउटा फरक यात्राको आरम्भ गरेका छौं । समाचार,सूचना अनि मनोरञ्जनको त्रिवेणीमा उभिएर फरक दृष्टिकोणद्धारा समाचार पस्किने जमर्को गर्नेछौँ ।
फरकपत्रिका अनलाईन न्यूज पोर्टल त्यही हो–जसमा फरक प्रस्तुति, फरक खबर, फरक स्वाद दिने कोसिस हुनेछ । यो पत्रिकामा अरुले उठान गरेका, पस्किएका, प्रकाशमा ल्याएका विषयभन्दा फरक दृष्टिकोणबाट समाचार पस्किने प्रयत्न गर्नेछौं । र,अरुले देखेका,भोगेका,लेखेका मात्र समाचार सन्दर्भ नबनाई फरक ढंगले प्रस्तुत गर्नेछौ ।
भ्रष्टाचार,बेथिति, अनियमितता, विकृति र विसंगतिको हामी सधैँ जरो उखल्ने प्रयत्नमा हुनेछौं । कुशासन,लापरवाही,ज्यादतीबिरुद्ध कठोर बनेर उत्रिनेछौं । आम नागरिकका मुख्य मुद्दा शिक्षा,स्वास्थ्य,खानेपानी,बिजुलीलगायत समग्र बिकास पूर्वाधार र जनजिविकासँग जोडिएका विषय फरकपत्रिकाको खवर प्राथमिकतामा पर्नेछन् ।
सरकारी अड्डा,अदालत,प्रहरी प्रशासन,संघसस्था वा राज्यका जुनकुनै निकायबाट हुने सेवाप्रवाह सरल,छिटोछरितो,पारदर्शी,जनउत्तरदायी बनाउन हाम्रो सदैव निगरानी र खबरदारी हुनेछ । कर्मचारीहरुको कामचोर प्रवृत्ति, रुखो बोली टर्रो ब्यवहार सच्याउन आवाज घन्काइरहनेछौं । थिति,विधि र प्रक्रियासम्वत् दैनिक सेवाप्रवाह गराउन हामी झक्भक्याई रहनेछौ ।
आम जनताका मूल मुद्दा नै हाम्रो फरकपत्रिकाको मुख्य खबर बनाएर प्रस्तुत गर्नेर्छौ । यसमा अरुभन्दा केही न केही फरक स्वाद पाठकले पाउनेछन् । तसर्थ हामीले आरम्भ गरेको यो फरक धारको गोरेटोमा आउनूस् तपाई हामी सँगै हिडौं । तपाईका अमूल्य सल्लाह,सुझाव र रचनात्मक आलोचनाको प्रतीक्षामा छौं ।
धन्यवाद !