रसुवा बाढी : इन्द्रावतीले १० लाख रुपैयाँ राहत दिने, कर्मचारी र जनप्रतिनिधिको एक दिनको तलब

रसुवा बाढी : इन्द्रावतीले १० लाख रुपैयाँ राहत दिने, कर्मचारी र जनप्रतिनिधिको एक दिनको तलब

फरक पत्रिका

आइतबार, भाद्र १४ २०८३

रसुवा बाढी : इन्द्रावतीले १० लाख रुपैयाँ राहत दिने, कर्मचारी र जनप्रतिनिधिको एक दिनको तलब

सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितलाई सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले राहत रकम प्रदान गर्ने भएको छ ।
बाटबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने भएको हो ।

सो रकम बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट उपलब्ध गराउने निर्णय गरेको हो। त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित