काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। अन्य कृषि उपजको भाउमा सामान्य हेरफेर हुँदा डल्ले च्याउको मूल्य आकासिएको छ । आज डल्ले भ्याउको भाउ किलोमै १ सय ६१ रुपैयाँले बढेर आएको हो ।
कालीमाटीमा आज डल्ले च्याउको मूल्य आकाशिँदा अन्य धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३८, सानो लोकल गोलभेँडा ९, रातो आलु लाम्चो ४५, भारतीय सुकेको प्याज ५४, लोकल गाँजर ९८, लोकल बन्दा ३०, स्थानीय काउली ७७, हाइब्रिड मुला २२, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी ८६, मकै बोडी ५४, करेला ३५, लौका ५५, लोकल परबल ३६, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, कन्य च्याउ २५५, डल्ले च्याउ ४५५, कुरिलो ३५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३८, सानो लोकल गोलभेँडा ९, रातो आलु लाम्चो ४६, भारतीय सुकेको प्याज ५४, लोकल गाँजर १०७, लोकल बन्दा ३०, स्थानीय काउली ६८, हाइब्रिड मुला ३०, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ७६, मकै बोडी ४५, करेला ३६, लौका ३५, लोकल परबल ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ २४६, डल्ले च्याउ २९४, कुरिलो २७५ रुपैयाँ प्रतिकिलो थियो।