पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३७ मिलिलिटर वर्षा मापन

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३७ मिलिलिटर वर्षा मापन

फरक पत्रिका

शुक्रबार, साउन १ २०८३

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३७ मिलिलिटर वर्षा मापन

काठमाण्डौ — गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३७ मिलिमिटर पानी परेको हो । यो अवधिमा देशकै सबैभन्दा धेरै पानी परेको स्थान गोब्रे हो ।

यससँगै कास्की र नवलपरासीमा ठूलो पानी परेको छ । , कास्कीको मालेपाटनमा ९६ मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा ९५ मिलिमिटर पानी परेको छ ।

सुर्खेत, दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ । मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढी आएको छ ।

भक्तपुरको हनुमन्तेखोला र काभ्रेको रोशी खोलाको बाढी बढीरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । काठमाण्डौको बागमती नदीमा पनि बाढी आएको छ ।

आज पनि देशका पहाडी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित