तीन दिनपछि हिजो सञ्चालनमा आएकोे तातोपानी नाका आज फेरि बन्द

तीन दिनपछि हिजो सञ्चालनमा आएकोे तातोपानी नाका आज फेरि बन्द

फरक पत्रिका

शुक्रबार, साउन १ २०८३

तीन दिनपछि हिजो सञ्चालनमा आएकोे तातोपानी नाका आज फेरि बन्द

सिन्धुपाल्चोक — पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका तीन दिनपछि खुलेको थियो । हिजो बिहीबार सञ्चालनमा आएको नाका आज शुक्रबार फेरि ठप्प भएको छ।
बिहीबार रातभरको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको पानीले सडक बगाएपछि नाका फेरि बन्द भएको हो । नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले तर रातिको वर्षाले इको क्षेत्रमा खोल्साको पानी सडकमै पसेर बाटो बगाएपछि नाका ठप्प भएको बताए ।

सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मत गरी बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सडक खुलेसँगै सीमापार कन्टेनर आवतजावत पनि सुरु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित