सिन्धुपाल्चोकसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

सिन्धुपाल्चोकसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

फरक पत्रिका

सोमबार, भाद्र ८ २०८३

सिन्धुपाल्चोकसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । सिन्धुपाल्चोकसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम बढेको पूर्वानुमान गरिएको छ । वर्षासँगै देशका केही जिल्लामा आज (भदौ ८) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएको हो । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दूधकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकीलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित