सिन्धुपाल्चोक – कान्तिपुरकर्मी कमला पाख्रीनलाई सिर्जनशील समानता पुरस्कारद्रारा सम्मान गरिएको छ ।
ग्रामीण महिला सिर्जनशील परिवारको ३३औँ स्थापना दिवसका अवसरर्मा महिला तथा पछाडि पारिएका समुदायका आवाजलाई पत्रकारितामार्फत स्थान दिँदै समानता, समावेशिता र सामाजिक न्यायका पक्षमा पु¥याएको योगदानको कदरस्वरूप पाख्रीनसहित १२ जना महिलालाई पुरस्कारद्रारा सम्मान गरिएको हो।
सोही अवसरमा आरोही माया गुरुङ, संस्थापक अध्यक्ष रामदेवी तामाङ, पूर्वअध्यक्ष कल्याणी नेपाल, पूर्वउपप्रमुख तथा उपाध्यक्ष सुशीला पाख्रिन, लक्ष्मी पौड्याल, दुर्गादेवी नेपाल, दाबुटी शेर्पा, हेमगंगा मोक्तान, कमला कायस्थ, सिर्जन तामाङ र मनिषा राणा मगरलाई पनि ‘सिर्जनशील समानता पुरस्कार’ प्रदान गरिएको छ ।
ग्रामीण महिला सिर्जनशील परिवारकी अध्यक्ष नानीमाया थापाले महिला अधिकार, सामाजिक न्याय, समानता र समावेशिताका क्षेत्रमा योगदान पु¥याउने महिलाहरुलाई स्थापनाकालदेखि नै सम्मान गरिदै आएको जानकारी दिए ।