रोमानियामा रेलको ठक्करबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका शान्तको मृत्यु

रोमानियामा रेलको ठक्करबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका शान्तको मृत्यु

फरक पत्रिका

मंगलबार, साउन १९ २०८३

रोमानियामा रेलको ठक्करबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका शान्तको मृत्यु

काठमाडौं । २ अगस्ट (आइतबार) स्थानीय समय बिहान ३ः२१ बजे युरोपेली मुलुक रोमानियामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठसहित चार जना सामान किन्न भनेर निस्किए ।
उनीहरु २४सै घण्टा खुल्ने प्रफिट ननस्टपमा सामान किन्न जाँदा लिक काट्ने क्रममा उनीहरूलाई रेलले ठक्कर दियो । शान्तसहित चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको मृत्यु भयो । अरू २ जनालाई धन्न रेलको हावाको बेगले झाडीतिर हुत्याइदिएर बाँचे ।
यसरी हावाले हुत्तिनेमा कञ्चनपुरका अनिलकुमार दमाई र डडेलधुराका महेश नाथको घाइते भए पनि ज्यान जोगिएको छ।
उनीहरु बाँचे । झाडीले छेकेको अँध्यारो ठाउँबाट लिक काट्दा शान्त र निश्चलाई रेलले ठक्कर दिएको र उनीहरूको मृत्यु भएको हो,
उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलले बताएका छन् ।
नेपालमा मृतकका परिवारलाई घटनाको बारेमा जानकारी गराइएको र दूतावास लगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उनले जनाए ।
हाल मृतकहरूको शव बाकाउस्थित स्पितालुल दे गाइनोकोलोजिकको शवगृहमा राखिएको छ।
रोजगारीको सिलसिलामा शान्तकुमार २७ मे २०२३ मा रोमानिया गएका हुन्। शान्तको श्रीमती, १० वर्षको छोरी र २ वर्षको छोरा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित