अझै भेटिएनन् सुनकोशीमा बेपत्ता जुगलका पूर्व वडाअध्यक्ष, खोजी कार्य जारी

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता जुगलका पूर्व वडाअध्यक्ष, खोजी कार्य जारी

फरक पत्रिका

मंगलबार, साउन १९ २०८३

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता जुगलका पूर्व वडाअध्यक्ष, खोजी कार्य जारी

काठमाडौं । मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ।

सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो।

उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले जनाएको छ। दिलबहादुर जुगल ७ का पूर्व वडा अध्यक्ष हुन् ।

सशस्त्र प्रहरीको खुर्कोटबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी र स्थानीयले डुङ्गाको प्रयोग गरी खोजी गरिरहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

बर्खायाम भएकाले सुनकोशी धमिलो र उच्च पानीको बहाव रहेकाले खोजी कार्य चुनौतीपूर्ण भइरहेको रहेको त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए।

यसैबीच उक्त घटनापछि अवरुद्ध मध्यपहाडी राजमार्गको घुर्मी– खुर्कोटखण्ड खुलाउन पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच वार्ता भइरहेको छ। सडकमा रोकी राखेको कारलाई बस चालकको लापर्वाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कारबाही गर्न पीडित पक्षबाट माग गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित