काठमाडौं । पछिल्लो तीन महिनामा मुलुकभर तीन हजार ३४७ विपद्का घटना भएका छन् । ती विपद्बाट १६३ जनाको मृत्यु भएको छ भने ९७२ जना घाइते भएका छन् ।
विपद्बाट चार हजार ४७३ घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि आजसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् । सर्पदंशका कारण ३९ जनाको मृत्यु भएको छ । यस्तै चटयाङ्बाट २५, लोक लागेर २१, आगलागी र जनावरको आक्रणबाट १७/१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० र भारी वर्षाका कारण चारजनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४५ विपद्का घटनामा परी तीनजनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । विपद्बाट १२ लाख २७ हजार बराबरको क्षति भएको प्राधिरणले जनाएको छ ।