सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न तीन स्थानमा सवारी दुर्घटना भएको छ । मेलम्चीमा दुई र लिसंखुपाखर गाउँपालिकामा भएको दुर्घटनामा तीनजना घाइते भएका हुन् । तीनवटै दुर्घटना शनिबार भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
मेलम्ची जिरोकिलो सडक खण्डमा कटुन्जेबाट बाहुनेपाटीतर्फ जादै गरेको मेलम्ची न.पा. ११ कटुन्जेका चालक फूलमान तामाङले चलाएको बा ४० प ५०७६ नं. को मोटरसाइकल सडकमा चिप्ली अनियन्त्रित भई दुर्घटना भएको हो । सो दुर्घटनामा चालकको दाहिने खुट्टा र दाहिने साईडको गालामा चोट लागी उपचारको लागी मेलम्ची नगर अस्पतालमा लगी उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको र उपचारमा उनका भाई दावा तामाङ संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मेलम्ची न.पा. १३ भस्मे जँगल मोटरसाइकल दुर्घटना भएको हो । मेलम्ची साँखु सडक खण्डमा काठमाण्डौबाट मेलम्ची तर्फ आउदै गरेको चालक कालीकोट रास्कोट न.पा.वडा नं. ९ घर भई हाल काठमाण्डौ चाबेल स्थित डेरा गरी बस्दै आएका तपेन्द्र तिरुवाले चलाएको बा.प्र.०२–०६७ प ३१६३ नं.को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसि दुर्घटना भएको बागमती प्रदेश प्रहरीले जनाएको छ । चालकको दुबै हात र बाँया खुट्टामा चोट लागेको छ । उपचार नगर अस्पताल मेलम्ची सि.पा.मा भईरहेको अबस्था सामान्य भएको र सवारीकोे लेगार्ड,दाहिने साईडको बडी भाग र अगाडीको भागमा पुर्ण रुपमा क्षति पुगेको छ ।
काठमाण्डौबाट मुडे तर्फ आउदै गरेको दोलखा तामाकोशी गा.पा. ५ बस्ने बर्ष ४० को सुबास सुवेदी ले चलाएको बा.प्र.०३ ०१ ०२४ च ७४५१ नं.को योद्या बलेरो गाडीले पैदल यात्री जिल्ला दोलखा कालिन्चोक गा.पा.५ बस्ने बर्ष ३५ को रमेश खड्कालाई ठक्कर दिई घाईते बनाएको हो । दुर्घटनापछि घाइतेलाई उपचारका लागि खाडिचौरस्थित लगिएको थियो ।