काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । बलात्कार आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
अमेरिकामा बसेर अध्ययन गरिरहेको छात्रा संगम बिष्टले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा एफआइआर दर्ता गरेकी हुन् ।
न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा एफआइआर दर्ता भएको हो ।
संगमले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै बले एक वर्षअघि अमेरिका आउँदा भेट भएको र उनलाई फ्ल्याट देखाउन लगेको बताएकी थिइन् । दाइजस्तो मानेको व्यक्तिले आफूलाई फ्ल्याटमै जबरजस्ति करणी गरेको संगमको भनाइ थियो ।
संगमले स्टाटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।