सिन्धुपाल्चोकमा पनि छायांकन हुने फिल्म १२ गाउँ-२ मा को-को छन् कलाकार ?

सिन्धुपाल्चोकमा पनि छायांकन हुने फिल्म १२ गाउँ-२ मा को-को छन् कलाकार ?

फरक पत्रिका

बुधबार, बैशाख २३ २०८३

सिन्धुपाल्चोकमा पनि छायांकन हुने फिल्म १२ गाउँ-२ मा को-को छन् कलाकार ?

काठमाडौं । सुपरहिट एक्सन फिल्म १२ गाउँको सिक्वेल १२ गाउँ-२ को छायांकन सुरू गरिएको छ। सिन्धुपाल्चोकसहित चितवनलगायतका स्थानमा छांयाकन गरिने फिल्म १२ गाउँ २ को छायांकन थालिएको हो।
ल्मयो फि विराज भट्टको निर्देशनमा बन्न लागेको हो । फिल्मको बुधबार काठमाडौंमा शुभमुहूर्त गरिएको छ ।

फिल्ममा निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार सुरूमा फिल्मको गीत खिचिनेछ। दसैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति घोषणा गरिएको छ।

प्राविधिक पक्षतर्फ, डीओपीको रूपमा महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। द्वन्द्व निर्देशनमा स्टन्ट सिल्भा र शंकर महर्जनको रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित