सिन्धुपाल्चोक । पछिल्ला चार हप्तादेखि चौतारा क्रियसन ग्रुपले सार्वजनिक गरिरहेको छोटो सिरियल छोटे डनले विस्तारै दर्शकको मन जित्न थालेको छ । गएको बुधबार आफ्नो चौथो भाग प्रस्तुत गरेको सिरियलको चर्चा पनि चुलिँदै गएको हो ।
ओखरेनी इन्टरटेनमेन्टको आधिकारिक यूटुयुव च्यानलबाट हरेक बुधबार साँझ ८ बजे यो सिरियल सार्वजनिक हुने गरेको छ । ३५ मिनेट लामो हिजो सार्वजनिक भएको चौंथो भागमा दर्शकहरुको प्रतिक्रियाले पनि यस छोटे डनले छोटो समयमै दर्शकलाई बाँधेको पुष्टि हुन्छ ।
प्रतिक्रियामा अनु तामाङले लेखेकी छन् ‘दामी दामी आउँछ है छोटे डन ।’ यसले उनले सबै भाग नछुटाई हेको संकेत भेटिन्छ । त्यस्तै अर्का दर्शक कुमार पोखरेलले भनेका छन् ‘कथा सबै राम्रो छ । अलि अलि साउण्ड मिलेको छैन ।’ उनले केही पक्ष सुधार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै आयून घलेले ‘बबाल’ भनेको एपिसोडमा जस्मिन तामाङले लेखेकी छन् ‘दाम्मी’ ।
रुपा राईले ‘सम्धीहरु त कडा’ भनेर दिएको प्रतिक्रियाले सिरियल निक्कै मन परेको संकेत गरेको छ । त्यस्तै शोभा धामीले लब रियाक्ट गरेकी छन् भने अर्का दर्शक सानुभाई श्रेष्ठले लब रियाक्ट मात्रै गरेका छैनन उनले आहा साह्रै राम्रो भनेर खुलेर प्रसंशा गर्दाै बधाईसमेत दिएका छन् । मुना बम्जनले एकदमै धेरै राम्रो भन्दै अझै राम्रो गर्दै जानु भनेर शुभकामना दिएकी छन् ।
च्याङबा लामाको लेखन तथा निर्देशनमा निर्मित छोटे डनको व्यवस्थापकमा बुद्ध श्रेष्ठ छन् । किसिङ लामाले यसको सम्पादन गरेका हुन् । छेवाङ लामा मुख्य भूमिकामा छन् । उनी सिरियलको छोटे डन हुन् । त्यस्तै अभिनास थिङ, प्रेम गुरुङ, चाँदनी तामाङ, मनोज श्रेष्ठ, रामलाल बम्जनलगायतले यस सिरियलमा अभिनय गरेका छन् ।