लिमीमा तापक्रम माइनस आठ डिग्री सेल्सियस, सारियो प्रहरी चौकी

लिमीमा तापक्रम माइनस आठ डिग्री सेल्सियस, सारियो प्रहरी चौकी

फरक पत्रिका

आइतबार, कार्तिक १० २०८२

लिमीमा तापक्रम माइनस आठ डिग्री सेल्सियस, सारियो प्रहरी चौकी

सिमकोट । अत्यधिक चिसो भएपछि हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६, लिमीस्थित इलाका प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका निम्ति सदरमुकाम स्थानान्तरण गरिएको हो ।

गएको असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् । चिसो निकै बढ्दा सुरक्षाकर्मीलाई सदरमुकाम सिमकोट फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

२३ जनाको दरबन्दी भए पनि हाल उक्त चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ जना कार्यरत थिए । प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपश्चात् चिसोले बस्न नसकेपछि जिल्लालाई खबर गरेको बताए ।

धारामा पानी जम्ने तथा तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको उनले बताए

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित