काठमाडौं । सिन्धुपाल्चोकबाट एसइइ २०८१ मा ४ जीपीए ल्याउने विद्यार्थी सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरू नगदसहित सम्मानित भएका हुन् ।
सिन्धु युएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोक बाट एसइइ २०८१ मा सलग्न उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
यसअघि उत्कृष्ट एक छात्र र छात्रालाई जनही एकाउन्न हजार रुपैयाँँ सहित सम्मान गरिएको थियो । तर, यसपटक सिन्धुपाल्चोकबाट छ जना बिद्यार्थीले जिपिए चार ल्याएको कारण दामासाही रकमसहित सम्मान गरिएको हो । उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठले विद्यार्थीलाई सम्मान गरे ।
यसरी सम्मानित भएका छात्रा छात्राहरुमा वालशिक्षा माध्यामिक विद्यालयका तीन जना रहेका छन् । सो बिद्यालय बाट क्रमश: स्मृति नेपाल,सुभेछ्या श्रेष्ठ र मेन्दो तामाङले 4 GPA प्राप्त गरेका थिए । त्यसै गरेर प्रशान्त चालिसे प्रगति बोडिङ स्कुल मेलम्ची , फुर्साङ तामाङ रमा मावी लिसन्खु पाखर, रोजिना स्याङताङ ज्ञान मन्दिर नमुना मावी मेलचौरले पनि 4 GPA प्राप्त गरेका थिए । उनीहरुलाइ नगद सत्र हजार रुपैयाँ सहित सम्मान गरिएको हो । कार्यक्रम सिन्धुपाल्चोक उद्योग वाणिज्य सघकाे सह आयोजनामा भएकाे हाे ।यस्तो सम्मान कार्यक्रमले विद्यार्थीको मनोवल बढाउने हुदा आयोजकले सहि काम गरेको सो अवसरमा विशेष अतिथी रहेका उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले बताए ।
हाल विभिन्न निजि बिद्यालयमा २६ जना विद्यार्थी निशुल्क पढाइरहेको सिन्धु युएसए सोसाइटीका निवर्तमान अध्यक्ष सूर्य खडका लाई सम्मान पनि गरिएको थियो । खडकाकै पालामा उत्कृष्ट विद्यार्थी सम्मान गर्ने काम सुरु भएको हो । उनको योगदानको कदर गर्दै सम्मान गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
जिल्लामा जन्मेर परदेश भएपनि आफूजन्मेको ठाउँका असहाय बालबालिका लाई शिक्षामा केही सहयोग गर्न सकेकोमा खुशी लागेको बर्तमान अध्यक्ष पासाङ नोर्वू शेर्पाको भनाइ छ ।