काठमाडौं । इसराइली सरकारले नेपालका विपिन जोशी जीवित नरहेको प्रष्ट्याएको छ । इसराइली डिफेन्स फोर्स आइडिएफले विपीनको बारेमा यस्तो घोषणा गरेको हो । बन्धक रहेकाहरुलाई आजदेखि रिहा गरिँदैछ । पहिलो चरणमा रिहा हुनेको सूचीमा विपिनको नामसमेत छैन ।
सोमबार विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यस्तो जनाकारी दिएको इसराइलका लागि नेपाली राजदूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले जानकारी दिएअनुसार इसरायली सरकारले भिडिओ कुराकानीमा ‘हि इज् नो मोर’ भन्ने जानकारी दिएको बताएका छन् ।
भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, राजदुत पण्डितत र इसराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए।