काठमाडौं । ४ चैत २०८१ मा टोखाबाट प्रहरीले ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ट्रकका चालक कुसाङ लामा पनि सोही स्थानबाट पक्राउ परेका थिए ।
५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर ९तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ, ट्रक र भरिया लामा पक्राउ परेका हुन् । ठूलो परिमाणमा विदेशी डलरलगाउत अन्य रकमसहित उनी पक्राउ परेपछि सिंगो प्रहरी वृत्तमा हंगामा मच्चिएको थियो । प्रहरीले अवैध नोट कारोबारीमो ठूलो गिरोह संलग्न भएके संकेत बुझ्दै उनलाई अनुसन्धानमा अघि बढायो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानले पक्राउ गरेका लामा र रकम, ट्रकसहित थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको थियो । विभागले अनुसन्धान गर्दा यसका मालिक सिन्धुपाल्चोककै नारायण पौडेल रहेको खुलेको थियो ।
उनै लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ । कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम छ ।
सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी २४ भदौको राति फरार भएका थिए । उनी हालसम्म फरार नै छन् । उनी फर्किएका पनि छैनन् । र फेरि पक्राउ पनि परेका छैनन् ।